Posts

Latest Posts

नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने प्रस्ताव

  फेरी बहस चोककै गरियो है ! अबको दसैं तिहारको बिदामा जादा नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने ।  आखिर फेरी चोक नै किन?   किनकी सल्यानी युवाहरुको कुपिण्डे सम्मेलनले तय गरेका घोषणा - सल्यानी युवाहरुद्वारा मरिचानमान सिंह श्रेष्ठ र नेवबहादुर मल्लको सम्झनामा जिल्लामा चोकको नामाकरण गर्ने ।  मरिचानका बारेमा त धेरै के भन्नु छ र ?? चोकनै स्थापना गरिसकेको अवस्था । केही विवाद आएको अवस्था । यो बहसको बिषय हो । बस भएको बिषय पनि हो । युवा टोली बहसमा उत्रिन तयार छ र हुनेछ नै । यस बिषयमा ।  अब चाँही फेरी नेवबहादुर मल्ल चोक किन ?? हाम्रो घोषणा हो । कार्यन्वयन त हामीले गर्नै पर्छ । बस कुरा एउटा सार्वजनिक प्रस्तावको । पहिलाको कमीबाट सिक्ने गरी,, हामीले यतीबेला सबैलाई सार्वजनिक प्रस्ताव गर्ने गरी अघि बढ्ने प्रण गर्दै छौ । यो सुरुवाती प्रस्ताव हो । बहस गरौ । बहस होस नै भनेर यो कुरा यतिखेर नै सामाजिक सन्जालको माध्यमबाट राखिएको छ ।  सल्यानमा अब नेवबहादुर मल्लको सम्झनामा चोक नामाकरण गर्ने ।  प्रस्तावित ठाउँहरु, १) खलंगाको डाडागाउँ  २) लुहापिङ स्कुल नजिक सशस्त्रको व्यारेक नेर डाडागाउँ-खलंगा छुट्टिने खण्

पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्न प्रेरणा दिने योगी सल्यानमा हुनुहुन्थ्यो ।

Image
  पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न प्रेरित गर्ने प्रसिद्द योगी सल्यानमा रहनुहुन्थ्यो । योगी सिद्द भगवन्त नाथ फालावाङ्गी दरबारका राजगुरुको रुपमा राणागाउँमा बस्नुहुन्थ्यो । पृथ्वीनारायण शाहका हतियार शिद्दी मन्त्रद्वारा योगी भगवन्त नाथले निखारिदिएको ईतिहास भेटिन्छ । त्यस्तै पश्चिममा बलियो पकडका साथ भारतको बलारामपुर सम्म फैलिएको विशाल अनि शक्तिशाली तत्कालीन फालावाङ्गी राज्य ( सल्ल्यान राज्य ) थियो । सो राज्य जितेमा पृथ्वीनारायणले नेपाल एकिकरण गर्न पश्चिममा ढोका खुला हुन्थ्यो । गोर्खा राज्यका राजा पृथ्वीनारायण शाह अनी सल्ल्यान राज्यका राजा श्री कृष्ण शाह दुबै शक्तिशाली भएकाले यि दुई शक्तिशाली राज्यबिच युद्द नहोस् भनी योगी सिद्द भगवन्त नाथले सल्यानी राजा श्रीकृष्ण शाह र गोर्खाका राजा पृथ्वीनारायण शाहलाई नजिक बनाउन पृथ्वीनारायण शाहकी छोरी बिलासीकुमारीको विवाह सल्यानी राजाका छोरा रणभिम शाहसँग गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । गोर्खा , सल्यान , जाजरकोट र जुम्लाका राजाहरु बिच सम्बन्ध कायम गराउने देखी नेपाल एकीकरणमा योगी सिद्द भगवन्त नाथभूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ । सारमा, १) पृथ्

पढेर लेखेर मात्र देशको मुहार फेर्न सकिन्छ - सल्यान दृष्‍टिकोण !

Image
 एक श्रीजनशिल सल्यानी युवाको आउँदै गरेको जन्मदिनको अग्रिम शुभकामना व्यक्त गर्दछु ,सुरुमा ।   एक श्रीजनशिल सल्यानी युवा तथा समृद्द सल्यान निर्माण अभियानको अभियन्ता ज्ञानेन्द्र पुन मगर जो मसँग निरन्तर समाजसेवाको कर्ममा साथमा छ ।  उ भन्ने गर्दथ्यो, दाई म पनि तपाईंजस्तै गर्ने हो ।  म थप्दिन्थे, मेरो हमेशा साथ रहनेछ ।  उ झन प्रेरित हुने गर्दथ्यो ।   र यही माघ ३ आउदै गरेको उसको जन्मदिनको अबसरमा फरक तवरले जन्मदिन मनाउने तरखरमा छ,यतिबेला  ।  उसले एउटा प्रस्ताव ल्यायो, दाई मेरो जन्मदिनको अबसरमा मसँग रहेको धेरथोर बचत रकम सदुपयोग गरेर केही थान व्याग, र कापी क्लम, इरेजर, लगायतका शैक्षिक सामान बितरण गर्ने सोचमा छु । हाम्रो सल्यान दृष्‍टिकोणलाई पनि जोड्छु । भनेर ।  म कसरी नकार्थे,  सल्यान दृष्‍टिकोण टिमको तर्फबाट सानो सहयोग रकम उपलब्ध गराउदै ज्ञानेन्द्र भाईको सपनामा टेगो लगाइदिएको थिए ।  उसको जन्मदिनको दिन सल्यान स्यानिखालका भाईबहिनीहरुले पाउने शैक्षिक सामाग्री आज रेडी गरिसकेको अवस्थामा रहेछन ।  कती जोश, कती पवित्र सोच मेरो भाई । तिमीलाई अगेन बधाई ।    मिनी सल्यान पार्क उदघाटनको दिन हामीले एउटा उदघो

' शान्तीनगर ' को नाम ' शान्तीनगर ' राखौ न है भन्ने प्रस्ताव मेरै हो ।

Image
ए उटा यादगार , जवर्जस्त बाल्यकालीन सम्झना ! अहो ! एउटा बस्ती जो नामको कारण बदनाम थियो । जहाँका मानीसहरुले आफु बस्ने बस्तिको नाम समेत उच्चारण गर्न हिचकिचाउने गर्थे । अनी त्यही बस्तीको नाम परीबर्तन गर्ने अभियानमा अभियन्ता बनेको थिए । प्रत्यक्ष बस्तीमा गएर नाम परीबर्तन समारोहमा सरीक भएको सँगै बस्तीको नाम अबोध दिमागले सोचर''शान्तीनगर' राख्न प्रस्ताब गरेको अनी अन्तत: सबैलाई नाम मनपरेसी त्यही नाम रहन गएको त्यो शानदार, जबरजस्त, जिन्दाबार पल ।  शान्तीनगरमा हामीले राखेको एउटा बोर्ड जो अझै पनि देख्न सकिन्छ । जसमा लेखिएको छ -         बालबालिका शान्तीका क्षेत्र हुन ।    शान्तीनगर   (SHANTINAGAR)  ( श्रीजनशिल संस्था / शान्ती बालक्लब / सिविन नेपाल ) ....................................................................................................................................................................... कक्षा ४ मा पढ्थे तेतीखेर । श्रीजनशिल शान्ति बाल क्लवमा अध्यक्षको हैसियतमा थिए । त्यही हैसियतबाट म सामाजिक कार्यहरुमा समेत आवद्ध

लालीगुराँसको फूलबाट उत्पादित जुस खान आइजानु है हाम्रो कपुरकोट तिर ।

Image
तस्बिर : कुलदिप न्यौपाने , धुर्वराज वली  ................................................................................................................................................................... सल्यानको कपुरकोटमा लालीगुराँसको फूलबाट जुस उत्पादन गर्ने गरिन्छ । धनवाङ ७ कपुरकोटमा तेजबहादुर थापाले लालीगुराँसको फूलवाट जुस उत्पादन थाल्नुभएको हो । गर्मी मौसममा जुस पिएपछि स्वास्थ्यका लागि फाईदा हुने भएकाले लालीगुराँसको सर्वत अर्थात जुस उत्पादन थालेको थापाले जानकारी दिनुभयो । लालीगुरासबाट जुस बनाउने बिधी । मेसिनमा पेल्नु अघी लालीगुरास फुललाई यसरी केलाइन्छ ।  पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योग स्थापना गरी फुललाई प्रशोधन गरी जुस उत्पादन गरिरहेको उहाँले बताउनुभयो । २ सय ५० मिलि लिटर जुसलाई एक ३० रुपैयाँमा विक्रि गर्दै आएको उहाँको भनाई छ । मेसिनमा राखेर लालीगुरासका फुलहरुलाई पेलिदै । बनाउने बिधी ।  स्थानियहरुले गुराँसका फूलहरु संकलन गरेर ल्याउने र थापाले खरिद गरी जुस उत्पादन गर्दै आउनुभएको हो । जसका कारण स्थानियहरुले रोजगारी समेत पाएका छन् । जुसको प्

ईतिहासमा सल्यान ( तस्बिरहरु )

Image
ईतिहासमा सल्यान ( तस्बिरहरु ) २०२२/ २३ साल तिरको सल्यान यस्तो थियो । यि तस्बिरहरु जे क्रस नामका अमेरिकी नागरिकले सल्यान भम्रणमा आउँदा कैद गर्नु भएको हो । People, community, government building, group photo, named person Date: 1965 Location: Salyan, Salyan Description: Office staff of the Salyan District Panchayat outside the office. People, child, portrait Date: 1965 Location: Salyan, Salyan Description: Children of Salyan People, child Date: 1965 Location: Salyan, Salyan Description: Children of Salyan People, child, portrait Date: 1965 Location: Salyan, Salyan Description: Children of Salyan People, child, portrait Date: 1965 Location: Salyan, Salyan Description: Children of Salyan election, event Date: 1965 Location: Salyan, Salyan Description: Stage set up for candidate’s election speeches representing one of seven organizations within the Panchayat system: farmers, youth, women, retired soldiers, labor, graduates, and children. election, event Date: 1965 L