Posts

Showing posts from March, 2017

बेरोजगार हुनु हुने नेपाली दाजुभाइहरुको संख्या बढ्दै पो छ त - सरकार !

Image
नेपालमा फेरी पनि बेरोजगार नेपाली दाजुभाइहरुको केही आकडा प्रस्तुत हुँदै छ । म्यादी प्रहरीको फारम भर्नेहरु जती सबै बेरोजगार हुन । रोजगार नपाएर म्यादी प्रहरीको जागीर भए नि खान तयार ।  सल्यानमा म्यादी प्रहरीको फारम भर्न लाइन लागेका युवाहरुको तस्बिर !

चिन हाम्रो एउटा असल छिमेकी मात्रै हो !

Image
- धुर्बराज वली  फाइल तस्बिरको रुपमा प्रयोग गरिएको तस्बिर  यतीबेला हाम्रा देशका प्रधानमन्त्री चीन भ्रमणको क्रममा हुनुहुन्छ । उहाँको चीन भ्रमण उपलब्धीमुलक बनोस र राष्ट्रका निम्ति हितकर बनोस हार्दिक कामना । प्रधानमन्त्री ज्युको चीन भ्रमण प्रोटोकलको ख्याल राख्दै एक असल छिमेकीको हैसियतको रहोस । 'चिनले दिने र नेपालले लिने' तर्फमात्र भ्रमण केन्द्रित नहोस । दुबै देशको हितमा हुने सम्झौताहरु - उर्जा सम्झौता,ब्यापार सम्झौता,लगानी सम्झौता जस्ता कुरामा नै बढी केन्द्रित रहोस । अनि चिनले भर्खर भर्खरै नेपालीहरुलाई इस्यु गरेको ग्रीनकार्ड र ग्रीनकार्ड होल्डरहरुको अबस्था बुझ्ने अबसरको रुपमा पनि यो भ्रमण केन्द्रित बनोस । साथै हाम्रो नेपाली भुमी `लिपुलेक´को बारेमा चिनिया उच्च ब्यक्तित्वहरुसँग उचित जबाफ माग्न सक्नेसम्मको  हिम्मतको बनोस - कामना ! ............................................... हाम्रा दुई ठुला छिमेकीहरुमध्य हामी नेपालीहरुको चिनप्रतीको पोजेटिभिटी पक्कै पनि बढी छ । भारतको नाकाबन्दी पछि झन यो पोजेटिभिटी बढेको कुरा प्रष्ठ छ । यसैकारण चिनले जे गरे पनि राम्रो राम्रो जस्तो

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

Image
सल्यान जिल्लाको ईतिहास झल्काउने सानो प्रयास ।   जिल्लाको सानो इतीहास !  वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन नेपाल एकिकरण अभियान भित्र परेको तत्कालिन बाईसे राज्य अन्तर्गतको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण देखिन्छ । वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँग श्री ५ पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीको वैबाहिक सम्बन्ध स्थापना गरी छिल्ली बिजौरी देखि पश्चिम दाङ्ग क्षेत्र कुशविर्ता नै प्रदान गरिदिएका दिए। पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो। #राज्य_स्थापना वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र अनुसार जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले जुम्लालाई सुरुवात देखी नै बाइस पाखा नामले चिनिने तथा जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। सो समय जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला