चिन हाम्रो एउटा असल छिमेकी मात्रै हो !

- धुर्बराज वली 

फाइल तस्बिरको रुपमा प्रयोग गरिएको तस्बिर 

यतीबेला हाम्रा देशका प्रधानमन्त्री चीन भ्रमणको क्रममा हुनुहुन्छ । उहाँको चीन भ्रमण उपलब्धीमुलक बनोस र राष्ट्रका निम्ति हितकर बनोस हार्दिक कामना । प्रधानमन्त्री ज्युको चीन भ्रमण प्रोटोकलको ख्याल राख्दै एक असल छिमेकीको हैसियतको रहोस । 'चिनले दिने र नेपालले लिने' तर्फमात्र भ्रमण केन्द्रित नहोस । दुबै देशको हितमा हुने सम्झौताहरु - उर्जा सम्झौता,ब्यापार सम्झौता,लगानी सम्झौता जस्ता कुरामा नै बढी केन्द्रित रहोस । अनि चिनले भर्खर भर्खरै नेपालीहरुलाई इस्यु गरेको ग्रीनकार्ड र ग्रीनकार्ड होल्डरहरुको अबस्था बुझ्ने अबसरको रुपमा पनि यो भ्रमण केन्द्रित बनोस । साथै हाम्रो नेपाली भुमी `लिपुलेक´को बारेमा चिनिया उच्च ब्यक्तित्वहरुसँग उचित जबाफ माग्न सक्नेसम्मको  हिम्मतको बनोस - कामना !
...............................................

हाम्रा दुई ठुला छिमेकीहरुमध्य हामी नेपालीहरुको चिनप्रतीको पोजेटिभिटी पक्कै पनि बढी छ । भारतको नाकाबन्दी पछि झन यो पोजेटिभिटी बढेको कुरा प्रष्ठ छ । यसैकारण चिनले जे गरे पनि राम्रो राम्रो जस्तो देखिने । जे दिएनी राम्रो राम्रो जस्तो लाग्ने गर्छ - हामीहरुलाई । यही भएर त चीनसंग सम्बन्धित जुनै समाचार अथवा पोस्टमा हामीहरुले लभ अथवा वाउका रियाक्सनहरु ओइर्याउछौ - पुरा समाचार पढदै नपढी । चीनसंग नजिक भएकै भरमा यहाँ केहीलाई रास्ट्रबादीको पगरी भिराइने गरिया छ पनि ।

तर .......

चिन आफैंमा एउटा दहरीलो आर्थिक शक्तिको रुपमा बिश्वमै थापित देश हो । चीनले आजभोली आफ्नो प्रभाव बिश्वभर प्रार्न प्रयासरत छ । बिश्व बजारमा चीनले `मोनोपोली´लाद्न खोज्दै गरेको पाइन्छ । हामीले प्रयोग गर्ने गरेका प्राय: चिजमा `Made In China´ देखिनु यसको दहरीलो उदाहरण हो । इन्डिया र चिन हरेक हिसाबले अब्बल कम्पिटीटर हुन । घरी चीनसंग नजिक हुने र घरी भारतसंग नजिक हुने हाम्रा नेताहरुकी खराब प्रवृत्ति अनि चिन र भारतको अस्वस्थ प्रतिस्पर्धाको चपेटामा नेपाल सधैं पिल्सीरहेको छ - बर्सौदेखी । र दुबै देशले आफ्नो फाइदाको निम्ति नेपाललाई पोलिटिकल ल्याबको रुपमा प्रयोग गरीरहेको प्रशस्त उदाहरणहरु देख्न पाइन्छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीपछी नेपालमा चिनको चर्चापरीचर्चा ह्वात्तै बढ्को पाइन्छ । जब भारतले नाकाबन्दी लगायो तब चिनले नेपालप्रती चासो देखायो । अब सबै थोक चिनले नै पुर्याइदिन्छ जस्तो गर्दियो । त्यसैको दममा ' हामी झुक्दैनौ बरु साइकल चढ्न तयार छौ ' भन्ने जस्ता राष्ट्रभक्तका कुरा गर्न थाले हाम्रा नेताहरुले । नामै नसुनिएका नेपाल-चिनका धेरै नाकाहरु खुलाइने भनियो । घरी यो दिने घरी त्यो दिने भनेर अनेक मिडिया प्रचारबाजी गरीयो । चिनियाँ नुन खाएर चिनले ल्याइदिने रेलमा चढेको सपना नेपालीहरुले दिउसै देख्न थाल्यौ । चिनियाँ पेट्रोल हालेर तिब्र बेगमा मोटरमा कुदाएको सपनासम्म देख्यौ । हामीलाई त्यस्तो अबस्थामा चिनले दिएको साथ अत्यन्त महत्त्वपुर्ण थियो । र तिनै आश्वासनले गर्दा चिनले हामी नेपालीहरुको सेन्टीमेट्स जित्यो पनि ।

हामीले चिनबाट हालसम्म नाकाबन्दीतिर दिइएका आश्वासनहरु मुताबित कुराहरु नपाए पनि चिनको त्यो साथ र ती आश्वासन नेपालीहरुलाई बेग्लै उर्जा थपेको थियो । यसको निम्ति चिन धन्यवादको भागीदार अबश्य पनि छ । तर अब यसरी यनलाइसीस गरौ त - चिनले त्यस्तै नेपालका हितका निम्ति सोच्थ्यो भने प्राय:नाकाहरु खुलाउने जुन आश्वासन थियो त्यसको निम्ति किन नाकाबन्दी नै कुरीयो । यदी त्यस्तै नुनतेल नेपाललाई दिने मन भए पहिला केले रोक्या थियो र नाकाबन्दीको साइत नै हेरीयो ? खैर जे सुकै होस । नाकाबन्दी भयो । त्यसपछी चिनले एक छिमेकीको हैसियतले साथ र सहयोग गर्ने आशा देखायो - त्यो आँफैमा एउटा सकारात्मक पक्ष थियो तर अहिले नाकाबन्दी हटेको धेरै समय पो बितिसक्यो त ?? तर खोइ ती खुलीसक्या भन्या नाकाबाट हामीलाई नुलतेल आएको ? नाकामा समस्याहरु देखीएका थिए - म मान्छु । तर बिकासको क्रममा दुनियाँलाई समेत चकित पार्दिने चीनले जाबो त्यस्ता नाकाहरुको समस्या हल गर्न नसकेकै हो त ??? अझै पनी हामीले खाने नुन भारतबाटै आइरहेको छ । उतैबाट आएको पेट्रोलले हाम्रा गाडीहरु गुड्ने गरीरहेका छन । 
यसो हेर्दा ति आश्वासनहरु त इन्डियासंगको एउटा इगोको रुपमा मात्र आएको जस्तो भएन र ??

`Consideration´ दुई खाले हुन्छ । ´ Something For Something´ अर `Something For Nothing´ ! चीनले हाम्रो देशसंग Something For Nothing वाला Consideration फ्लो अप गरेको देखिन्छ - अचेल । अब आफै बिचार गरौ न यस्तो प्रतिस्पर्धाको जमानामा पनि चीनले नेपाललाई गरेको सहयोग या सहयोग गर्ने प्रतिबद्धता निस्वार्थ भावको हुन सक्ला त ?? अह ! यो देखाइमा ´Something For Nothing´ जस्तो हुने तर हकीकतमा ´Something For Something´ कै पथमा जाने निश्चित छ ।

चीनले ल्याउने भनेको रेलको रुट केरुङ - काठमाण्डौ - पोखरा हुँदै लुम्बिनीसम्मको छ । पहीला त यही नेर बिचार गरौ रेल ल्याउदा नेपालका प्रमुख शहरहरु मात्रै किन रेलमार्ग केन्द्रित छ । अझ लास्टमै घुमाएर रेल लुम्बिनीसम्म पुर्याउने कुराले त यसमा चिनको ब्यापार स्वार्थ त छदै छ अझ यसमा धर्मसँगको स्वार्थ पनि जुडेको हुन सक्ने शन्का उब्जाएको छ । हो स्वार्थ हर कुरामा हुन्छ । तर यो स्वार्थको लेभल कतीसम्मको छ - हाम्रा नेताहरुले बुझ्न जरुरी छ । किन त्यो रेलमार्ग लुम्बिनी केन्द्रित अथवा बुद्धको भुमी तिरै केन्द्रित छ त ? केही स्वार्थ लुम्बिनीबाट लिन खोजिदै पो छ कि रेलको बहानामा - सोच्न जरुरी छ है । चिनले यदी नेपालको हितको निम्ती रेल ल्याउन चाहेको भए उक्त रेलमार्गको प्रस्ताव पुर्व मेची देखी पश्चिम महाकालीसम्मको हुनुपर्थ्यो नकी लुम्बिनी केन्द्रित ! चिनले प्रस्ताब गरेको रेलमार्ग अङ्ग्रेज र राणाहरुले आफ्नो स्वार्थको निम्ती बनाएको जनकपुर - जयनगर रेलमार्ग जस्तो हुने त होइन ??  चिनले रेल दिने भयो भनेर मख्ख परेर बस्नु भन्दा ब्यापक यनलाइसिस गर्न जरुरी छ यस बिषयमा । 

हामीले यो कुरा कहिले भुल्नु हुँदैन की !

चिन-भारत दुबै देशको हितमा हुने नाथुला, च्याङ्ला/लिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन चिन र भारत राजी भएर सम्झौता पनि गरे । तर त्यहा उल्लेखित च्याङ्ला/लिपुलेक नाका नेपालको भुमी हो भन्ने कुरा जान्दाजान्दै पनि अर्काको देशको भुमी प्रयोग गरेर उनिहरुले आपसी ब्यापार बढाउने सहमत भए -दादागिरी शैलीमा। दई देशको स्वार्थ मिलेकैभरमा नेपाललाई बाइपास गरी चिन-भारतले नेपालको भुमी लिपुलेक (कुइएङ्गला)मा जबर्जस्ती सिमा व्यापारको सम्झौता गरिनुबाटै प्रस्ट हुन्छ कि हाम्रा दुई छिमेकी हामीहरुप्रती कती लोयल छन भन्ने । आफ्नो स्वार्थको निम्ति- कम्पिटिटर समेत मिलेर हाम्लाई एकलै पारे भने ,अब आफै बुझौ !

मान्नुस या नमान्नुस हामीलाई चिनले भद्र पाराले प्रयोग गर्न खोजिरहेको छ । हामीहरु चिनको बिजनेस स्वार्थको निम्ती युज हुँदै छौ  । चिनले इण्डियासँगको इगोका कारण इण्डियालाई चिढाउन मात्रै हामीलाई सहयोग गर्न खोजेको जस्तो गर्दै छ । हाम्रा पुर्खाहरुले कसैको स्वार्थको निम्ती युज हुनको लागि नेपाललाई स्वतन्त्र देश बनाएर राख्दिएका होइनन । कसैको गुलामी अथवा युज हुने भाडो नबनौ पुर्खाको गर्वीलो ईतिहासलाई आत्मसाथ गर्दै दुबै छिमेकीलाई छिमेकीकै स्थानमा राखौ । 

स्मरण रहोस ! चिनसँग न हाम्रो सभ्यता मिल्छ न रहनसहन । नत भाषा नै मिल्छ । भाषा नै मिल्दैन भने कुरा कसरी मिल्न सक्ला र ?  हामीले यो कुरा मनन गर्न जरुरी छ कि चिन हाम्रो एउटा असल छिमेकी मात्रै हो नकी हाम्रो देशको `डोनर´ हो । अन्धभक्त रुपमा चिनप्रती पनि विश्वाश नगरौ । छिमेकी देश हो - छिमेकीकै रुपमा हेरौ । दिए भन्दैमा जे पनि लिने कुचेस्टा नगरौ ।

( एकथरी छिमेकीलाई मात्र गाली गरेर अर्कोलाई चोख्याउन खोज्या भने होइन । अर्को छिमेकीले झन कसरी नेपाललाई आफ्नो स्वार्थको निम्ति प्रयोग गरीरहेका छन ? चार शक्तिहरु - भारत काङ्ग्रेस , मोदी सरकार , युपी र बिहारका नेताहरु र भारतिय गुप्तचर संस्था `रअ´ले छुट्टाछुट्टै रुपमा कसरी नेपालको इन्टरनल अफेर्समा हस्तक्षेप गरीरहेका छ त ? बिस्तृत तथ्य सहित अर्को लेखमा है त  )   

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )