Posts

Showing posts from April, 2017

राम्रो भन्नु भगवान हो । खोजे आँफैमा भगवान पाइन्छ ।

Image
राम्रो - नराम्रो सत्य - असत्य असल - खराब धर्म - पाप जीवन - मृत्यु प्रेम - धोका बिश्वास - घात जित - हार खुसी - दु:ख हासो - रोदन र भगवान - राक्षस !  ................... राम्रो = सुख  नराम्रो = दु:ख ..................... भन्नुको आश्य जहाँ राम्रो हुन्छ त्यहाँ नराम्रोको पनि जन्म अटोमेटिक हुदो रहेछ । मान्छेका जीवनका हरेक सुखद पलहरु राम्रोको प्रतिक हो । त्यस्तै हरेक दु:खका पलहरु नराम्रोको प्रतिक हो । राम्रो पछी नराम्रो - यो एउटा प्राकृतिक प्रकृया नै हो - राम्रो जाग्ने बित्तिकै नराम्रो जागीहाल्ने । भगवान जागे अनी यो सृष्टि सम्भव भयो । त्यसपछी राक्षस जागे उनिहरुले भगवानको यो सारा सृष्टिलाई भत्काउन लागे । अनी यो भगवानलाई असह्य भएसी भगवान र राक्षस बिच लडाईं चल्यो । राक्षसले हारे । भगवानले जिते । र यो सृष्टिको अस्तित्व जोगियो । राम्रोको अस्तित्वको निम्ति पनि नराम्रोको उदय हुन जरुरी पनी त छ । नत्र भगवानको अस्तीत्व कसरी प्रष्टिन्थ्यो र ?? भगवानले नै राक्षससँग लडेर आफ्नो र आफुले गरेको सृष्टिलाई जोगाएका हुन । यदी राक्षसनै नभएको भए भगवानले कसैसँग लड्नु पर्ने थिएन नि ?? हो भगवानले हाम्रो सृष्टि बनाए

नयाँ बर्ष २०७४ सालको हार्दिक मंगलमय शुभकामना !

Image
समस्त सल्यानी महानुभावहरुमा न्यानो सल्यानी नमस्कार , सर्बप्रथम त नयाँ बर्ष २०७४ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यो नयाँ सालले समस्त सल्यानीहरु बिचको आपसी एकता जगाइ सबै सल्यानीहरु मिलेर समृद्ध सल्यान बनाउने यात्रातर्फ लम्किन प्रेरणा दिन सक्ने सम्मको बर्ष बनोस  ।  हार्दिक कामना ! आज हजुरहरुको माझ बिश्वहिन्दु महासंघ नेपाल , राष्ट्रिय समिती , सामुदायिक बन उपभोक्ता महासंघ  , सल्यान र सल्यानी युवाहरुको आपसी सहकार्यको नतिजा स्वरुप नयाँ सालको बार्सिकी क्यालेन्डर तपाइँको हातमा थमाउन पाएका छौ । हामीले यस क्यालेन्डरलाई हदैसम्म सल्यान विशेष बनाउन खोजेका छौ - अझ भन्न पर्दा सल्यानको पर्यटन र पहिचान विशेष । क्यालेन्डरसंगै तिथिमितिको जानकारी त छदै छ हामीले यस क्यालेन्डरबाट सल्यान पर्यटकिय सम्पदाका तस्बिरहरु र तिनको केही भए पनि जानकारी प्रवाह गराउन सक्दो प्रयत्न गरेका छौ । फरक फरक पृष्ठभुमीका तीन संस्थाहरु जो कुनै धर्मसंग सम्बन्धित छ , कुनै सामुदायिक बन संग सम्बन्धित त कुनै स्वतन्त्र युवाहरुको समुह छ । फरक फरक पृष्ठभुमिका संस्थाहरु एक भएर पनि यस्तो श्रीजनात्मक परीणाम निक्ल