लालीगुराँसको फूलबाट उत्पादित जुस खान आइजानु है हाम्रो कपुरकोट तिर ।


तस्बिर : कुलदिप न्यौपाने , धुर्वराज वली 
...................................................................................................................................................................

सल्यानको कपुरकोटमा लालीगुराँसको फूलबाट जुस उत्पादन गर्ने गरिन्छ । धनवाङ ७ कपुरकोटमा तेजबहादुर थापाले लालीगुराँसको फूलवाट जुस उत्पादन थाल्नुभएको हो । गर्मी मौसममा जुस पिएपछि स्वास्थ्यका लागि फाईदा हुने भएकाले लालीगुराँसको सर्वत अर्थात जुस उत्पादन थालेको थापाले जानकारी दिनुभयो ।

लालीगुरासबाट जुस बनाउने बिधी । मेसिनमा पेल्नु अघी लालीगुरास फुललाई यसरी केलाइन्छ । 




पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योग स्थापना गरी फुललाई प्रशोधन गरी जुस उत्पादन गरिरहेको उहाँले बताउनुभयो । २ सय ५० मिलि लिटर जुसलाई एक ३० रुपैयाँमा विक्रि गर्दै आएको उहाँको भनाई छ ।

मेसिनमा राखेर लालीगुरासका फुलहरुलाई पेलिदै । बनाउने बिधी । 







स्थानियहरुले गुराँसका फूलहरु संकलन गरेर ल्याउने र थापाले खरिद गरी जुस उत्पादन गर्दै आउनुभएको हो ।
जसका कारण स्थानियहरुले रोजगारी समेत पाएका छन् । जुसको प्रयोगले स्वास्थ्यलाई फाईदा गर्ने भएकाले जिल्ला बाहिर समेत विक्रि हुने गरेको उहाँले जानकारी दिनुभयो ।

तयारी अबस्थामा सल्यानमा उत्पादित लालीगुरासको जुस । 


यसैविच थापाले सञ्चालन गरेको उद्योगमा गाउँमा पाईने अन्य अमला, पुदिना लगाएत बिभिन्न फलफूलबाट जूस, सर्वत, जाम, अचार लगाएतका परिकार उत्पादन गरेर विक्री गरिरहेको बताउनुभयो ।


.........................................................................................................................................


  
पहाडी फलफुल संरक्षण उद्दम , सल्यानले उत्पादन 

गरेको लालीगुरास जुसलाई हेर्दा । 






स्थानिय स्तरका उत्पादनलाई पहीचान गरी रास्ट्रीय रुपमा प्रचारप्रसार र प्रबर्द्धनमा सबै लागेर आर्थिक रुपमा समृद्ध बन्न सक्नु अबको आबश्यकता हो । सल्यानको पहिचान यस प्रकारका प्रेरणामुलक उत्पादनले पनि बढाउदै जाउन । 



...................................................................................................................................................................

शिशिर ऋतुको आगमन सँगै पहाडी जिल्लाका जङ्गलहरु रातै देखिन्छन ।  हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फुल्ने लालीगुराँस नेपालको राष्ट्रिय फुल भयकाले नेपालीको पहिचानसँग जोडिएको छ । लालीगुराँसको फुललाई प्राकृतिक सुन्दरता मात्र नभएर विभिन्न घरायसी उपचार प्रयोजनका लागि समेत प्रयोग गरिन्छ। सल्यान लगाएतका अन्य पहाडी जिल्लाहरुमा यसरी लालीगुरास फुल फुलेको देख्न सकिन्छ । जङ्गलतिर । 





...................................................................................................................................................................

" आउने होइन त सल्यान घुम्न ?? ''

|| सल्यान घुमघाम बर्ष - २०७५ ||




Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )