मेरो बारेमा !

NAMASTE ,
WELCOME TO MY PERSONAL BLOG..
........................................................

यो विशाल ब्रह्माण्डको एउटा सानो ग्रह पृथ्वी , पृथ्वीको एउटा सानो देश नेपाल , नेपालको एउटा सानो जिल्ला सल्यान , सल्यानको एउटा सानो गाविस दमाचौर , दमाचौरको एउटा सानो गाउँ साउनेपानी अनी साउनेपानी गाउँमा अबस्थित सेतो चुनले लिपिएको एउटा ढुङ्गे घरमा मिति २०५१ साल भाद्र १ गतेका दिन मेरी आमाले मलाई ४५ डेल युनिट्स दुखाइको प्रसब पीडा सहदै जन्माइन । र मैले त्यहीदिन देखी यस धर्तीमा एउटा मानवी रुप पाए । एउटा मानवको अस्तित्व पाए । र त्यसदिन देखी यस धर्तीमा आधिकारीक रूपले मेरो जीवनचक्र सुरु भयो .........

यो धर्तिका सृष्टिकर्ता भगवान हुन अरे । भगवानले नै यस धर्तीमा मान्छेलाई यो मानवीरुपी जीवन दिए अरे । शास्त्रमा उल्लेखित विभिन्न किम्बदन्तीहरुले यही बुझाइरहेको छ हामीहरुलाई । तर बिज्ञानले मानव जीवन उत्पतीका उपर दिने लजिकहरु , साइन्टीफिकल्ली तथ्यहरु नितान्त फरक छन - शास्त्रका भन्दा । शास्त्रमा उल्लेखित कुनै पनि किम्बदन्तीसँग साइन्सले दिएका तथ्यहरु कहीकतै मेल खाएको पाइदैन ।

सानोमा म यस्तो थिए । 

हामीहरु यतीबेला प्रबिधि र बिज्ञानको युगमा छौ । यसकारण साइन्सले मानव जीवन उत्पत्तिका उपर दिने अनेक साइण्टीफिकल प्रुफहरु , तथ्यहरुसंग हामीहरु धेरै हदसम्म कन्भिन्स्ड नै छौ । हामीहरुलाई शास्त्रका किम्बदन्तीहरु भन्दा साइन्सले प्रुफ गरेर देखाएका तथ्यहरु नै लजिकल लागीरहेका हुन्छन र लाग्नु स्वभावीक पनि हो । किनकी हामीहरुमध्य कसैले पनि भगवानलाई साक्षात देखेका छैनौ र प्रत्यक्ष भेटेको पनि त छैनौ  । बस एउटा असिम आस्था अनी भित्री हृदयबाट भगवानलाई अनुभव मात्रै गरिरहेका थियौ , छौ र गरीरहने छौ पनि ।


जब हामीहरुले भगवानलाई नै देखेका छैनौ भने भगवानले मानव सृष्टि गरे भनेर आखिर पत्याउने कसरी ? यि त भए मानव सृष्टि उपरका शास्त्र र साइन्सबिचको कन्फ्लिक्टको कुरा ! हाम्रो मानव जातीको के कसरी सृष्टि भयो त्यो एउटा बेग्लै चासोको कुरा रह्यो । हामीलाई अल्झिनु छैन यि र यस्ता कन्फ्लिक्टहरुमा ।


तर जे जस्तो कन्फ्लिक्ट र साइन्सको तथ्य भएपनी ,  अह ! हामीले भगवानलाई नै आजसम्म सबथोक मान्दै आएका छौ । साइन्सले जतीसुकै लजिक दिए पनि हामीहरुले भगवान मान्न र भन्न छोडेका छैनौ । हामीहरुले कैयौ बर्ष अघिदेखी मान्दै आएका छौ भगवानलाई , पुज्दै आएका छौ भगवानलाई । हामीहरुले भगवानप्रती राख्ने आस्था , बिश्वास भरोसाको कुनै सिमा या परीधी नै छैन । यसर्थमा भगवान एउटा अदृश्य अपार शक्ति हो । जो हरेकको मनमा एउटा पबित्र सोचका रुपमा गहिरो पारामा गढेको हुन्छ । जसलाई हामीले देखेका छैनौ तर पनी हामीले सदियौ देखी भगवान मान्दै आएका छौ र मानिरहने पनि छौ - बाचुन्जेलसम्म ।

यसकारण भगवान आस्था हो , भगवान विश्वाश हो , भगवान एउटा पबित्र सोच हो र भगवान हरेकको अन्तरमनको  सकरात्मक सोचको प्रतिनिधि हो ,प्रतिक हो , हरेक मानबको सारथी हो - जुन हरपल हमेसा हरेक मान्छेको साथमा सँगसँगै हुन्छ ।
....................

मलाई जन्माएको कसले ? - मेरा आमा बुवाले ! मलाई जीवन दिएको कसले ? - मेरा आमा बुवाले ! मेरो सृष्टिकर्ता को त ? - मेरै आमाबुवा उसोभए मेरो निम्ति भगवान को त ? -मेरै आमाबुवा ! हो मेरा आमाबुवा मेरो सृष्टिकर्ता र जीवनदाता हुनुहुन्छ । उहाहरु नभएको भए मैले 'म' को कल्पना गर्नु नै असम्भ हुने थियो। मलाई यस धर्तीमा मानबको अस्तित्व दिने नै उहाहरु हुनुहुन्छ । यसकारण मेरो निम्ति अदृश्य शक्तिका रुपमा रहेका भगवान मात्रै `भगवान´ होइनन मलाई जन्माउने आमाबुवा पनि मेरा निम्ति भगवान हुन । मैले अदृश्य शक्तिका रुपमा रहेका भगवानलाई जती आशा , भरोसा र विश्वाश गर्छु नि हो त्यतीकै आशा,भरोसा र विश्वाश मलाई जन्म दिएर मेरो निम्ती साक्षात भगवानको रुपमा प्रकट हुनुभएका मेरा आमाबुवालाई पनि गर्छु । मेरो लागि कोही छन त यस धर्तिमा भने बस यिनै दुईथरी भगवान छन जुन एकथरी अदृश्य शक्तिका रुपमा पवित्र बिचारका साथ मेरो मनमा गढेका छन त अर्कोथरी मलाई जन्म दिएर साक्षात प्रकट भएका छन - मेरा बुवा र आमाको रुपमा ।
.........................
म आज जहाँ छु त्यहाँसम्म मलाई मेरा दुई भगवानले नै ल्याएका हुन । ल्याउन प्रेरित गरेका हुन । मलाई आजसम्म सही बाटोमा हिड्न मलाई डोर्याइरहेका मेरो मन र मुटुमा बस्न सफल यी दुई भगवानलाई म कोटी कोटी प्रणाम !
...............
जब म आमाको पेटभित्र थिए तब मेरा भगवान सरहका आमाबुवाले के सोच्नु हुन्थ्यो होला त्यो पेटमा हुर्कीरहेको आफ्नो सन्तानको बारेमा ? आफ्नो सन्तान कस्तो जन्मियोस भनेर कल्पना गर्नु हुन्थ्यो होलान त ?? उहाँहरुको कस्तो सन्तान जन्माउने चाहाना थियो होला त ?? के म उहाँहरुको कल्पना अनुरुपको छु त ?? के म उहाँहरुको चाहाना अनुरुपको सन्तान भएर जन्मिएको छु त ? - जान्न व्यग्र मन छ । तर यो कुरा आमाबुवालाई सोध्ने आट गर्दिन म । किनकी उहाँहरु आज म जे छु,जस्तो छु त्यसैमा नै निकै खुसी हुनुहुन्छ । अनी अब म फेरी यस्तो प्रश्न गरेर उहाँहरुलाई किन कन्फ्युजनमा पारु र ? मानबको जात नै काल्पनिक स्वभावको हुन्छ । जसले पनि जहाँ जतीबेला  पनि कल्पना गर्न सक्छ । मेरा बुवाआमाहरुले पनि म पेटमा छदा एउटा खाले कल्पना गर्नु भएको थियो होला । उहाँहरुले गरेको त्यो कल्पना काल्पनिक थियो तर म त एउटा सत्यको रुपमा जन्मिए । सत्य भन्नु नै  त मेरो जन्म हो नि उहाँहरुको लागी । कल्पना र सत्यता ठ्याक्कै मिल्छ या मिल्न पर्छ भन्ने नि त छैन नि । यसकारण मैले उहाको पेटमा हुर्केको सन्तान कस्तो जन्मियोस या कस्तो होस भन्ने उहाहरुको चाहना अनी कल्पना जान्न र बुझ्नने कोशीस गर्न भन्दा पनि उहाहरुको नजरमा राम्रो बनेर उहाहरुलाई खुशी पार्नु तर्फ केन्द्रित हुन पर्छ र म केन्द्रित नै छु पनि । र रहनेछु पनि - सदा ! सदा !!
......

आमाले अथाह पिडा सहेर मलाई जन्म दिनु भयो । र म जन्मे ! मैले शरीर पाए । मैले शरीरमा जीवन पाए । आत्मा पाए । मन पाए , मुटु पाए । म जन्मिदा रुदै जन्मे । जन्मिदै खेरी नै मैले रुन सिके । त्यसपछी आमाले मलाई दुध चुसाउनु भयो । म शान्त भए । अनी मैले आमाको न्यानो काख पाए ।  अनी मैले बुवाको माया पाए । मेरो जीवन सृष्टि गर्ने साक्षात सृष्टिकर्ता पाए । मलाई सृष्टि गर्ने साक्षात भगवान पाए मैले ।

मैले  भोक भन्ने के हो भनेर बुझे । भोक लाग्दा रुन थाले । अनी आमाको दुध चुस्दा मेरो पेट भरिन्थ्यो अनी मलाई पेट भर्न केही खानु पर्ने रहेछ भन्ने कुराको सचेतना आयो ।  कसैले मलाई हप्काइदिदा मेरो मन दुख्न थाल्यो । अनी फकाइ दिदा मन खुशी हुन थाल्यो  ।अनी मैले बिस्तारै हास्न नि जान्न थाले ।

 म भित्र नि दयाको भाब  जाग्न थाल्यो । करुना जाग्न थाल्यो । माया गर्न जान्न थाले। डरको आभास समेत हुन थाल्यो । मलाई रिस पनि उठ्न थाल्यो । रिसाउदा म रोइदिन्थ्ये । अनी आमाले मलाई फकाउनु हुन्थ्यो । अनी काखमा राखेर मलाई दुध चुसाउनु हुन्थ्यो । म एक छिनमै फकिन्थ्ये । मलाई आमाले र बुवाले मात्रै फकाउन सक्नु हुन्थ्यो । मलाई आमाको काख र बुवाको पिठ्यु मात्रै प्यारो लाग्न थाल्यो । अनी मैले तोतेबोलीमा आमै र बाबा भन्न सिक्दै गए ।  आफ्नै खुट्टामा उभिन जाँन्दै गए ।

बिस्तारै म बढ्दै गए । ठुलो हुँदै गए । त्यसपछी मैले धुर्वको परीचय पाउन थाले । मैले मानबिय गुनहरु सिक्दै जान थाले । राम्रो र नरामोलाई छुट्याउन सक्ने सेन्स पाउन थाले ।  मैले चेतना पाउदै गए । मैले बिबिक प्राप्त गर्दै गए । आफू भित्र खोज्दै जादा अन्तरमनमा लुकेको भगवान पाउन सक्ने भए ।  

त्यसपछी मैले,
 आफ्नो घर भएको आबाश गर्दै जान थाले । मैले आफ्नो परीवार पाउन थाले । पारीवारीक आत्मियता के हो बुझ्न थाले । अनी मैले  आफ्ना इस्ट्मित्रहरु र आफन्तहरु पाउदै गए । मन मिल्ने साथीहरु पाउदै गए । मुटु मिल्ने आत्मिय मान्छे पनि पाउदै जान थाले ।

त्यसपछी मैले बिस्तारै मैले साउनेपानी गाउँसंग मोहनी लगाए । सल्यान जिल्लासंग मैले आत्मियता बढाए । अनी मैले आफ्नो गाउँ पाए अनि आफ्नो गाउ सँगै जिल्ला पाए अनी जिल्लासँगै सिङ्गो नेपाल देश पाए । `एक सल्यानी सँगै एक नेपाली´को एउटा दहरीलो पहिचान पाए ।

मैल धेरै कुराहरु पाए । यदी म नजन्मेको भए यति थोक कुराहरु गुमाउने रहेछु नि है  ?? धन्य रहेछौ मलाई जन्मदिने भगवान ! जसले मलाई जन्माएर यतीका चिज दिलायौ । पुन: कोटि कोटि प्रणाम !
.....................
जीवन यात्रा हो । जीवन अनुभव पनि हो । यसैकारण त म कहिले कता कहिले कता पुगिरहेको छु । र त हरेक कुराको अनुभव सङ्गाल्ने मौका पाइरहेको छु । मैले गाउँ देखे , मैले सहर देखे । मैले स्वदेश देखे । मैले बिदेश पनि देखे । मैले साउनेपानीको गाउ देखे , खलंगाको र श्रीनगरको बजार देखे , दाङ र नेपालगन्ज जस्ता नेपालमा नाम चलेका सहरहरु देखे , देशकै राजधानी काठमान्डौको भब्य सहर देखे , दिल्लीको बर्णनै गर्न नसकिने छुट्टै खाले रौनक देखे अनी बेङ्लोरको चहलपहलमा रमाउदै छु यतीबेला ।

मैले गाउँका सरकारी बिद्यालय देखे , सहरका बोर्डिङ स्कुल देखे , काठमान्डौका राम्रा राम्रा कलेज नि देखे । दिल्ली र बेङ्लोरका इनिस्टीच्युट र अलिशान कलेजहरु पनि देखे । मैले नेपाली माध्यमबाट नि पढे । मैले इङ्लिस माध्यमबाट पनि पढे । साइन्स पनि पढे । इन्जिनियरिङ्गको केही भए पनि ज्ञान हासिल गरे । र म म्यानेज्मेन्टको ज्ञान हासिल गर्दै छु यतीबेला - यज अ सिए स्टुडेन्ट !!! यतीबेला भन्न मन लाहिरहेछ के वास्तवमा जीवन एउटा भोगाइ पनि त रहेछ ।

मैले समाचार नि लेखे । मैले हास्यब्यङ्ग्य प्रहसन पनि गरे । मैले साहित्य बिधामा कलम नि चलाए ।
आफ्ना मनमा उर्लेका भावनाहरुलाई कापीमा उतारे पनि । मैले ठाउँठाउमा आयोजित कार्यक्रमहरुमा भाषण गर्ने मौका पाए । धेरैका भासणहरु सुन्ने मौका पाए । एफएममा आफ्नो आवाज गुन्जाउन पाए ।  टेलीभिजनमा आफ्नो अनुहार देखाउन पाए । मैले राजनितिम चासो पनि दिए । समाजमा केही गर्नु पर्छ भन्ने भावना जगाउन पाए । मैले समाजसेवामा रमाउने मौका पनि पाए ।  अनी अहिले पनि समाजसेवामा रमाउन पाइरहेको छु । मैले सल्यानका निम्ती केही सोच्दै गए ,जसले गर्दा मैले धुर्बेबाट क्रमिक रुपले धुर्ब अनी अहिले आएर धुर्वजीको उपमा पाए !

अहो ! कति थोक चिजको अनुभव लिइसके रहेछु जीवनमा !!
धन्य ती जन्माउने भगवान अनि अन्तरमनको भगवान । मेरो  पुन : कोटेव कोटी दुबैलाई प्रणाम ।
.....................
यस धर्तिमा यहि एउटा कुरा सत्य छ - त्यो हो मृत्यु !.

जीवन अनिश्चित छ । तर मृत्यु सुनिश्चित छ । मान्छे कहिले मर्छ भन्न सकिन्न । तर मान्छे एक न एक दिन अबश्य पनि मर्छ, त्यो कुरा एकिनका साथ भन्न सकिन्छ । मान्छे बाचुन्जेल यहीँ धर्तीमा अस्तित्व जमाएर बसेको हुन्छ । जब मान्छे मर्छ त्यसपछि उसको अस्तित्व सकिन्छ । मान्छे मरेसी कहाँ जान्छ । कसैलाई थाहा छैन । कसैले देख्न नि सक्दैन । देखेको पनि छैन । साइन्सले मान्छे मरेसी उस्को आत्म बायुमन्डलमा समाहित हुन्छ भनेर भनेको छ । शास्त्रले मान्छेले आफ्नो जीवनकालमा गरेको पाप र धर्मको आधारमा स्वर्ग र नर्ग जान्छ भनेर भनेको छ । तर मान्छे मरेपछी उसको सबै कुरा सकिन्छ । कहाँ जान्छ मरेसी कसैले देख्न सक्दैन । कही कतै टाढा गइदिन्छ यो मानवबस्तीबाट - कता हो कता !!!!

अब एक न एकदिन मरेरै जानु छ यस धर्तीबाट भने आफुलाई जन्मदिने भगवान र आफ्नो अन्तर्मनमा लुकेको भगवानलाई सदा खुशी पारेर मात्र मर्न सकियोस -  बस यही चाहना छ जिन्दगीको । आफुसँग आत्मा जुडेको सल्यान जिल्ला र नेपाल राष्ट्रको निम्ती केही राम्रो गरेर भएनी मर्न पाइयोस - बस यही कामना छ जिन्दगीको ।
...............................................................

धुर्बराज वली
शारादा नपा..१ श्रीनगर सल्यान
अध्य्यनरत : सिए फाइनल इयर , बिबिए छैटौ सेमेस्टर
आबद्द्ता : संयोजक , सल्यान दृष्‍टिकोण टिम
सह- संयोजक, सल्यानी युवा सन्जाल
अभियान्ता : सल्यान गेट निर्माण अभियान
...............................
मेरो सृष्टिकर्ताहरुसँग म ! 


Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !